सेन्ट लरेन्स कलेज चावहिलले गर्यो नव आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत
कपन अनलाइन
काठमाडौं,मङ्सिर १ । काठमाडौं महानगरपालिका वडा नं ७ चाबहिलमा संचालित सेन्ट लरेन्स कलेजले कक्षा ११मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेको छ। बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो ।
सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत समारोहको प्रमुख अतिथिको रुपमा काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडा रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौं महानगरपालिकाका शिक्षा स्रोत ब्यक्ति यमनाथ चौलागाई लगायत शिक्षा क्षेत्रमा योगदान गरेका विभिन्न विशिष्ट व्यक्तिहरू, कलेज संचालक समितिका पदाधिकारी, शिक्षक बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता सेन्ट लरेन्स कलेजका अध्यक्ष केशब प्रसाद दंगालले गरेका थिए भने कार्यक्रम संचालन मुकुन्द ढुंगानाले गरेका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडाले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै कलेजका प्रिन्सिपल पुरुषोतम महर्जनले सेन्ट लरेन्स १३ जना विद्यार्थी बाट सुरु भएको स्मरण गर्दै आज करिब ४००० विद्यार्थीको परिवार भएको उल्लेख गरेका थिए । विगत २५ वर्ष देखि चाबहिलमा निरन्तर उत्कृष्टताको पर्याय बन्न सफल भएको भन्दै उनले विद्यार्थीहरूका सपना पुरा गर्न र भविष्य निर्माणका लागि कलेज प्रशासन सधैँ तत्पर रहेको बताए।सेन्ट लरेन्सले उत्पादन गरेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलता नै कलेजको असली पहिचान भएको उनको भनाई थियो।
कक्षा १२ अध्ययनरत छात्रा प्रशुना काफ्लेले स्वागत मन्तब्य राख्दै सेन्ट लरेन्स छान्ने निर्णय नवआगन्तुक विद्यार्थीहरूको सबैभन्दा राम्रो निर्णय भएको बताइन् । उनले आफू पनि कलेज कस्तो होला भन्ने दुबिधामै कलेज प्रवेश गरेको भए पनि आज कलेजको शैक्षिक वातावरण देखेर प्रभावित भएको उल्लेख गरेकी थिइन। सेन्ट लरेन्स हरेक हिसाबले उत्कृष्ट शैक्षिक संस्था भएकाले सबैको भविष्य उज्ज्वल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडाले २६ औ वर्ष आउँदा कलेजले इतिहास निर्माण गरेको धारणा राखेका टिए । राष्ट्रलाई चाहिने सबै विधाका जनशक्ति कलेजले उत्पादन गरिरहेको देखेर आफू हर्षित भएको उनको भनाई थियो । आफू जनप्रतिनिधि भएकाले विधिको शासन कायम गर्न चाहेको र त्यसका लागि असल नागरिक चाहिने भन्दै उनले त्यही काम सेन्ट लरेन्सले गर्दै आएको उल्लेख गरे । सेन्ट लरेन्सका विद्यार्थीले देशको कीर्ति अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास आफूले लिएको भन्दै उनले कलेजको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै सेन्ट लरेन्स कलेजका अध्यक्ष केशब प्रसाद दंगालले अब्बल जन शक्ति उत्पादन गर्न सेन्ट लरेन्स कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराएका थिए ।
सेन्ट लरेन्स फाउन्डेसन मार्फत यो २६ वर्षमा आएको उतारचढावलाई पार गर्दै आज ४००० विद्यार्थी हुनु र ३०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल हुनु गर्वको कुरा भएको उनले बताए । अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न सेन्ट लरेन्स सधैँ सफल भएको उनको दाबी थियो। वर्षौँ देखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने बताएका थिए ।कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका थिए।