मंसिर ४ र ५ गते सार्वजनिक बिदा
कपन अनलाइन
काठमाडौं, कात्तिक २९ सरकारले आगामी निर्वाचनका लागि सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । त्यसैगरी मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् ।
गृहमन्त्रालयले आज सूचना जारी गरी बिदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।
तपाइँको प्रतिक्रिया ।