भूकम्पबाट देशभर महायानी सम्प्रदायका गुम्बामा रु १५ अर्बको क्षति

भूकम्पबाट देशभर महायानी सम्प्रदायका गुम्बामा रु १५ अर्बको क्षति

काठमाडौँ, २९ जेठ । गुम्बा विकास समितिले भूकम्पका कारण देशभर महायानी सम्प्रदायका गुम्बामा रु १५ अर्बको क्षति भएको जनाएको छ ।

देशभर रहेका एक हजार ५०० गुम्बामा क्षति भएकोमा करिब एक हजार गुम्बा पूर्णक्षति भएको, ५०० गुम्बामा भने आंशिक क्षति तथा त्यसरी क्षति भएका गुम्बामा १० वर्षदेखि दुई हजार वर्ष पुराना बौद्ध सम्पदा रहेका छन् । समितिका अनुसार काठमाडौँ उपत्यकामा रहेका करिब १०० गुम्बासमेत जोखिममा परेका छन् ।

kirtipur-earthquake-8

सिन्धुपाल्चोकमा रहेको करिब दुई हजार वर्ष पुरानो ‘थोहरी गुम्बा’ पूर्णरुपमा नष्ट भएको छ । आचार्य ङसाङ सोङ् गोम्पोले निर्माण गरेको उक्त गुम्बा महायानी सम्प्रदायको धार्मिक गतिविधि हुने पुरानो गुम्बा मानिन्छ ।

सो समितिले देशभरका विभिन्न गुम्बाको दर्ता, संरक्षण तथा प्रवद्र्धन गर्दै आएको छ । देशभर अहिले करिब दुई हजार गुम्बा छन् । समितिका प्रमुख लामा कर्मा लेग्सेले भूकम्पले मुलुकमा निम्ताएको सङ्कटका कारण विभिन्न स्थानमा स्थापित गुम्बाको अस्तित्व कायम गर्न चुनौती थपिएको र त्यसको पुनःनिर्माण गर्न सरकारलाई नयाँ बजेटमा रकम वृद्धि गर्न आग्रह गर्नुभयो ।

उहाँले ती गुम्बाको पुनःनिर्माणका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्था, स्थानीयबासी र दातृ निकायले समेत आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।