हलो बोकेर राप्रपा काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरु घरदैलोमा

हलो बोकेर राप्रपा काठमाडौं क्षेत्र नं ३ का  उम्मेदवारहरु  घरदैलोमा

कपन अनलाइन

 काठमाडौं, कात्तिक २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी,काठमाण्डौ क्षेत्र नं ३,को घरदैलो  तथा मतदाता भेटघाट को कार्यक्रम जारी रहेको छ । राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो मा पुगेका उम्मेदवारहरुले  हलो चिन्हले नै जनता र देशको भलो गर्ने भएकाले हलो चिन्हमा मतदान गर्न मतदातासंग अनुरोध गरिरहेका छन।

काठमाडौं क्षेत्र नं ३ को बिभिन्न स्थानमा राप्रपाका  उम्मेदवारहरु  प्रतिबद्धतापत्र,प्रचारसामग्री सहित मत माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन । क्षेत्र नं ३ का बिभिन्न स्थानमा आमसभा समेत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति जनताको आकर्षण  बढिरहेको राप्रपाका नेता अनिल पराजुलीले कपन अनलाइन लाइ जानकारी गराए ।

 गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ७ मा मतदातासंग साक्षात्कार गर्न पुगेका  राप्रपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अधिवक्ता गणेश गिरीले जनमत राप्रपाको पक्षमा बढीरहेको  बताउदै स्थानीयले अरु पार्टीलाइ परिक्षण गरिसकेको हुँदा   राप्रपालाई नै यसपालि मत दिने प्रतिबद्धता जनाएको उनले बताए  ।

मतदाताहरुसंग भेट्दै राप्रपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिवक्ता  गिरिले भ्रष्टाचार अन्त्य र भ्रष्टाचारी नेताको  पत्तासाफ गर्नकै लागि आफ्नो उम्मेदवारी भएको समेत  बताए । उनले अहिले सम्म शासन सत्तामा रहेका दल र नेताहरुले भ्रष्टाचार गरेर देशलाइ कंगाल बनाउनु बाहेक केही नगरेको  भन्दै अब भने ती भ्रष्टाचारी दल र नेताहरुको दिन सकिन लागेको  बताए ।

राप्रपाले जिते लगत्तै पहिलो  निशाना भ्रष्टाचारी नेताहरुलाई बनाउने भन्दै  उम्मेदवार अधिवक्ता गिरिले आफ्नो उम्मेदवारी कसैलाई जिताउँन र कसैलाई हराउँन नभई जितेर  क्षेत्र र देशबासीको सेवा गर्न उम्मेदवारी दिएको क्षेत्र नं ३ का जनता समक्ष उल्लेख  गरेका छन । प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरि संगै काठमाडौं क्षेत्र नं ३ प्रदेश (१ ) का उम्मेदवार चुण्डि लामा,  क्षेत्र ३ प्रदेश (२ ) का उम्मेदवार कमल सुनार लगायत राप्रप्राका विभिन्न् तहका नेता तथा कार्यकर्ताहरु प्रतिबद्धतापत्र,प्रचारसामग्री सहित मत माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।