घरदैलो संगै टोल भेलालाइ तिब्रता दिदै नेकपा एमाले काठमाडौं क्षेत्र नं ३
कपन अनलाइन
काठमाडौं, कात्तिक २६ । काठमाडौं क्षेत्र नं ३मा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित आफ्नो पक्षमा पार्न नेकपा एमाले काठमाडौं ३ले घरदैलो अभियानलाई तीव्रता दिएको छ । काठमाडौं क्षेत्र नं ३ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राइ र प्रदेश सभा काठमाडौं ३ (२) का उम्मेदवार रामेश्वर फुयालले घर दैलो अभियानलाइ तिब्रता दिदै आएका छन ।
उम्मेदवारहरुले प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको नेकपा एमालेले क्षेत्र नं ३ का उम्मेदवारहरुले घरदैलो गरेका छन । उनीहरुले घरदैलो मात्र नगरी टोलटोलमा भेला पनि गर्दै नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गर्दै आएका छन भने उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउदै आएका छन । एमालेको सरकारको पालामा थुपै विकासका काम भएको स्मरण गराउर्दै पुन पनि एमालेको ओली नेतृत्वको सरकार बनाउनको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाइ अनुरोध गरेका थिए ।
जनप्रतिनिधि भएर काम गरिसकेका काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरुलाई व्यक्तिगत रुपमा पनि धेरैले चिन्छन । त्यसैले उनीहरुको घरदैलोमा अन्य राजनीतिक दल र स्वतन्त्र ब्यक्तिहरुको पनिघर दैलोको क्रममा शुभेच्छा र साथ दिदै आएका छन ।
यस क्षेत्रका अन्य उम्मेदवारमा नेपाली कांग्रेस बाट सन्तोष चालिसे जनता समाजवादी पार्टी नेपालबाट मोहन कुमार विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश गिरी, नेपाल मजदुर किसान पार्टीबाट विशोक डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहन बहादुर बस्नेत, जनमत पार्टीबाट गोविन्द नेपाल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपाने, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनबाट कृष्णकाजी श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नुर्प गेन्जेन शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षा कुमार राई, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट नेत्र बहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुर्गा विक्रम थापा क्षेत्रीको उम्मेदवारी रहेको छ ।
त्यस्तै स्वतन्त्रबाट केदार नाथ मिश्र, दिनेश खनाल, कविता बिष्ट सुनार, राजेश बिष्ट, विन्दु मगर, श्रीकृष्ण ज्योती, जगन्नाथ देवकोटा, निरञ्जन पुडासैनीको उम्मेदवारी रहेको छ । ३ नम्बर क्षेत्रमा निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलबाट १५ र स्वतन्त्रबाट ८ गरी कुल २३ जनाको उम्मेदवारी रहेको छ ।
क्षेत्र नं ३ काठमाण्डौ महानगरपलिकाको ६ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको १, २, र ३ नम्बर वडा र गोकर्णेश्वर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा मिलेर बनेको छ ।