चिनारी साकोस गोकर्णेश्वर ४ द्वारा आयोजित प्रथम चिनारी दौड प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं कात्तिक २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४मा संचालित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा आयोजित प्रथम चिनारी दौड प्रतियोगिता सम्पन्न भएको छ ।
चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्य तर्फ प्रेरित गर्ने र दौडमा रुची राख्ने पुरुष र महिला शेयर सदस्यहरुमा रहेको प्रतिभा प्रष्फुटन गर्ने उदेश्य सहित Run For Health भन्ने मूल नाराको साथमा आयोजित उक्त प्रतियोगितामा महिला तथा पुरुषहरु गरि कुल ५५ जनाले सहभागिता जनाएका थिए ।
शनिबार बिहान चिनारी साकोसको परिसर बाट पुरुषहरुको लागि ६ किलोमिटर दौड चिनारी सहकारी परिसर बाट सुन्दरीजल हुदै सोहि बाटो भएर उत्तरबाहिनी बोर्डिंग स्कुल पुगी सम्पन्न भएको थियो। महिलाहरुको लागि ४ किलोमिटर दौड जुन चिनारी सहकारी परिसर बाट बि.पि चोक हुदै सोहि बाटो भएर उत्तरबाहिनी बोर्डिंग स्कुल पुगी सम्पन्न भएको उक्त प्रतियोगिताको पुरुष तर्फ निर्धारित दुरी २५ मिनेटमा पार गर्दै कृतिम श्रेष्ठले प्रथम स्थान हासिल गरे भने २७ मिनेटमा निर्धारित दुरी पार गर्दै दिनेश भण्डारी दितीय भए ।त्यस्तै सुर्य बहादुर कार्कीले २८ मिनेटमा निर्धारित दुरी पार गर्दैतृतीय स्थान हासिल गरेका थिए ।
त्यसै गरि महिलाहरु तर्फ २४ मिनेटमा निर्धारी दुरी पार गर्दै श्रीया श्रेष्ठ प्रथम हुँदा २५ मिनेटमा निर्धारित दुरी पार गर्दै अनिशा श्रेष्ठ दितीय भइन भने २६ मिनेटमा निर्धारित दुरी पार गर्दै दिया शाही तृतीय भएकी थिइन ।
प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशिक्षक तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष चन्द्र बहादुर गुरुङ, सगरमाथा आरोही पासाङ गोम्बा शेर्पा, चिनारी साकोसका संस्थापक अध्यक्ष प्रेमलाल श्रेष्ठ चिनारी साकोसका अध्यक्ष न्हूछे नारायण श्रेष्ठ (मिलन) लगायतले नगद पुरस्कार क्रमश रु रु १० हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरेका थिए भने प्रतियोगितामा उत्कृष्ट दसौ स्थान हासिल गर्ने खेलाडीहरुलाई समेत मेडल र प्रमाण पत्र त्यसैगरि सहभागी खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष अध्यक्ष न्हूछे नारायण श्रेष्ठ (मिलन) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष संस्थाका कार्यकारी अधिकृत प्रेमलाल श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्रमुख प्रशिक्षक तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष चन्द्र बहादुर गुरुङले स्वस्थ रहन खेलकुदको ठुलो महत्व रहेको बताउदै दौडको प्रशिक्षण लिन चहाने खेलाडीहरुलाई रंगशालामा अवसर प्रदान गरिने पनि जानकारी गराएका थिए । एथ्लेटिक्स् खेलाडी उत्पादनमा उक्त प्रतियोगिता ले सहयोग पुर्याउने समेत उनले बिश्वास ब्यक्त गरेका थिए ।उनले बिजयी खेलाडीहरुलाई बधाई दिदै अन्य खेलाडीहरुलाई समेत मेहेनत गर्ननछोड्न अनुरोध गर्दै लगातारको मेहनतले अवश्य सफल भइने बताएका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै चिनारी साकोसका अध्यक्ष न्हूछे नारायण श्रेष्ठ (मिलन)ले उपस्थित सबैलाई धन्यवाद दिदै चिनारी साकोसले युवाहरुलाई लक्षित गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएका थिए ।उनले स्वस्थ भइयो भने मात्र अन्य काम गर्न सकिने हुँदा शेयर सदस्यहरुको स्वास्थ्य र खेलकुदको रुचिलाई मध्यनजर गर्दै सो कार्यक्रम गरिएको पनि बताए ।उनले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका थिए ।