राहत कोषमा चार अर्ब त्रियासी करोड बढी
काठमाडौँ, २७ जेठ । भूकम्पपीडितको सहयोगार्थ सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु चार अर्ब ८३ करोड ७९ लाख दुई हजार ७७८ सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज मात्र रु छ करोड ६० लाख ७६ हजार ४५६ दाखिला भएको छ । स्वदेशी तथा विदेशी व्यावसायीक प्रतिष्ठान र नेपाली नियोग गरी १२ संस्थाबाट आज उक्त रकम दाखिला भएको हो ।
भूकम्पपीडितहरूको सहयोगका लागि उक्त कोषमा रकम दाखिला गर्ने क्रम जारी छ । रासस
तपाइँको प्रतिक्रिया ।