काठमाण्डौ क्षेत्र नं ३ को घरदैलोमा राप्रपा, को हुन् प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेश गिरी ?
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १९।
काठमाण्डौ क्षेत्र नं ३ मा रास्ट्रीय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्र बनाएको छ।
उम्मेद्वारी दर्तापछि जनताको माझमा पुग्दा निकै उत्साहपूर्ण प्रतिक्रिया पाएका राप्रपा उम्मेदवारहरुले क्षेत्र नं ३ को भोट बैंकका रुपमा रहेको काठमाण्डौ महानगरपालिका वडा नं ६ मा प्रचार अभियानलाई तीव्र बनाएका छन।
काठमाण्डौ क्षेत्र नं ३ मा प्रतिनिधि सभामा गणेश गिरी ,प्रदेस क्षेत्र १ मा चुंडी लामा ,प्रदेस क्षेत्र २ मा कमल सुनारलाई उम्मेदवार बनाएको राप्रपाले बौद्धनाथ स्तुपाबाट घरदैलो अभियान सुरु गरेको थियो।
क्षेत्र नं ३ को प्रसिद्ध चामुण्डा मन्दिरमा तिन वटा त्रिशुल स्थापना गरेर घरदैलो अभियान सुरु गएको राप्रपाले प्रतिनिधि सभा सदस्यमा अधिवक्ता गणेश गिरीलाई उम्मेदवार बनाएको छ।
२६ वर्ष देखि कानुन व्यवसायमा सक्रिय रहेका गिरीले राजनीति शास्त्रमा एमए गरेका छन भने कानुनमा स्नातकोत्तर ( एल एल एम ) अध्यययनरत रहेका छन।
सिन्धुपाल्चोक जिल्लाको साविक दुवाचौर गाउँ पंचायत वडा नं ९ मा पिता स्वर्गीय बुद्ध गिरी र माता स्व. हेम कुमारी गिरीका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका गिरीले राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघमा अध्यक्षका रुपमा समेत योगदान दिएका छन।
मानव अधिकार तथा न्याय केन्द्रमा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका गिरी ऋण उपभोक्ता संघ, नेपालमा महासचिव र बरिस्ट उपाध्यक्षका रुपमा समेत लामो समय सक्रिय रहेका थिए।
काठमाण्डौ क्षेत्र नं ३ को चर्चित महेन्द्र बौद्ध मावीका पुर्व विद्यार्थीहरुको संगठन महेन्द्र बौद्ध मावी पुर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार गिरी सहकारी क्षेत्रमा पनि लामो समयदेखि आवद्ध रहेका छन।