काठमाण्डौ क्षेत्र नं ६ (१) : संस्कृति र सभ्यता प्रवर्धन गर्न सांस्कृतिक पोशाकमा जनता माझ निरेसलाल

काठमाण्डौ क्षेत्र नं ६ (१) : संस्कृति र सभ्यता प्रवर्धन गर्न सांस्कृतिक पोशाकमा जनता माझ निरेसलाल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ८।

काठमाण्डौ क्षेत्र नं ६ (१) मा नेकपा एमालेको तर्फबाट प्रदेस सभा सदस्य रहेका निरेसलाल सिंह महर्जनले चुनावी प्रचारका दौरानमा सांस्कृतिक पोशाकको प्रयोगलाई निकै प्राथमिकतामा राखेका छन।

नेवारी संस्कृति र सभ्यताको केन्द्रभागमा रहेको काठमाण्डौ क्षेत्र नं ६ (१ ) का मतदातालाई उम्मेदवारको यो सांस्कृतिक पोशाक प्रवर्धन र प्रयोग गर्ने शैलीले निकै सकारात्मक प्रभाव पारेको एक मतदाता बताउछन।

आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारले यसरि प्रचार सामाग्री र कार्यक्रमहरुमा सभ्यता र संस्कृति झल्काउने पोशाक र सामाग्री प्रयोग गर्नु निकै अनुकरणीय रहेको भन्दै ति मतदाताले निरेसलालको यो प्रयास प्रसंशा योग्य रहेको विचार व्यक्त गरेका छन।

काठमाण्डौ जिल्लाको एमाले राजनीतिमा लामो समय देखि सक्रिय रहेका महर्जन रास्ट्रिय  युवा संघ नेपालको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेर केन्द्रीय सचिव बनेका थिए।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ६ (१ ) का संयोजक समेत रहेका महर्जन उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा  टोखा नगरपालिका २  वडा र काठमाण्डौ महानगरपालिकाका ३ वडा रहेका छन।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ६  (१ ) बाट नेकपा एमालेका केशव स्थापित  ८०२२ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका न्ह्युछे नारायण मानन्धरले ५१४९  मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।