काठमाण्डौ क्षेत्र नं ५ (२) : गठबन्धन दलमा तीव्र असन्तुस्टी ,गठबन्धनका असन्तुस्ट दलको छुट्टै भेला
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ५ ।
काठमाडौ क्षेत्र नं ५(२ ) को प्रदेशसभा सदस्यको आधिकारिक उम्मेदवारको सम्बन्धमा गठबंधन दलभित्र पै असन्तुष्टि देखिएको छ।
पाँच दलीय गठबन्धनले काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा नेकपा एकीकृत समाजवादीको उम्मेदवार हुने सहमति गरेपनि नेपाली कांग्रेसले पनि प्रदेस सभा सदस्यमा उम्मेद्वारी दिए संगै पैदा भएको असन्तुस्टी भेलामा परिणत भएर संस्थागत बन्ने संकेत देखिएको छ।
गठबन्धन दलले काठमाडौ क्षेत्र नं ५’ख’ प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीको बालकृष्ण श्रेष्ठलाई नै उमेद्वारको रुपमा निर्णय गरिएको भएपनि नेपाली कांग्रेसले श्याम खड्कालाई उम्मेदवार बनाएको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असन्तुष्टि ब्यक्त गर्दै छुट्टै भेला आयोजना गरेका छन।
बुधबार टोखामा रहेका गठबन्धन दलको असन्तुष्ट प्रतिनिधिहरूको भेलाले गठबंधनको आधिकारिक उम्मेदवार बालकृष्ण श्रेष्ठलाई कायम गराउन दबाब दिने सहमति गत्रेको श्रोतले जानकारी दिएको छ।
सो भेलामा सहभागी नेताहरुले गठबन्धनको भावना र मर्मलाई बुझेर लाग्नुपर्ने समयमा दलहरु विच देखिएको अन्यौलताले निर्वाचन परिचालन अभियानमा परेको अशरका वारेमा पनि गम्भीर समिक्षा गरिएको थियो।
