गोकर्णेश्वर तालिन्चोक युवा क्लबले शनिबार बृहत रक्तदान गर्दै

कपन अनलाइन

काठमाडौँ, कात्तिक ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा शनिबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर तालिन्चोक युवा क्लबको आयोजनामा कार्तिक ५ गते शनिबार बिहान ९ बजे देखि दिउसो २ बजे सम्म  कृष्ण मन्दिर परिसरमा हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न गोकर्णेश्वर तालिन्चोक  युवा क्लबका अध्यक्ष श्याम श्रेष्ठले अनुरोध गरेका छन ।

पछिल्लो समय डेंगु प्रकोपको रुपमा फैलिएपछि राजधानी लगायत देशका अधिकांश रक्तसञ्चार केन्द्रमा  प्लेटलेसको माग बढेसँगै रगत अभाव हुन थालेको छ  । डेँगु संक्रमितसँगै अन्य रोगका विरामीले समेत सहज रुपमा रगत पाउन नसकिरहेको अवस्थालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको समेत क्लबका अध्यक्ष श्याम श्रेष्ठले जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।