नेकपा एमाले गोकर्णेश्वर ४ नं वडा कमिटि द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, कात्तिक ३ ।नेकपा एमाले गोकर्णेश्वर ४ नं वडा कमिटि द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आज हिमाली घर रिसोर्ट उत्तरबाहिनीमा नेकपा एमाले गोकर्णेश्वर ४ नं वडा कमिटिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण बहादुर राइ ,
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा क्षेत्र नं ३ प्रदेश सभा २ का उम्मेदवार रामेश्वर फुयाल नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ लगायत जिल्ला कमिटि सदस्य सहित नेकपा एमालेका नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको कार्यक्रममा नेकपा एमाले गोकर्णेश्वर ४ नं वडा कमिटिका अध्यक्ष बालकृष्ण श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
उनले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुलाई भारी मतले बिजयी गराउन र नेकपा एमालेले गरेका राम्रो कामको बारेमा सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।
उनले विकासका लागि एमालेको विकल्प नरहेको बताउदै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई उम्मेदवारलाई बिजयी गराउन अनुरोध गर्दै विकासको मुल फुटाउने पार्टी नेकपा एमाले रहेको बताएका थिए ।
एमाले जनताको पार्टी भएकाले जनताका हितका लागि, विकास र समृद्धिका लागि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने हुँदा आम मतदाता बीच पुग्नुपर्नेमा जोड दिदै आउदै गरेको चाडपर्वको शुभकामना ब्यक्त गरेका थिए ।
उनले म जिताउँछु पार्टीलाई भन्ने मान्यताका साथ सवै अघि बढ्नुपर्ने उनको भनाई रहेको थियो ।कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा क्षेत्र नं ३ प्रदेश सभा २ का उम्मेदवार रामेश्वर फुयालले चाडपर्वको शुभकामना दिदै नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन सबै जना एक जुट हुनुपर्नेमा जोड दिएका थिए ।
उनले ब्यक्ति नहेरी पार्टीलाइ जिताउन लाग्न अपिल समेत गरेका थिए उनले बिगत ५ वर्षमा आफुले जनताको शिर निहुरिने काम नगेरको बताउदै अधुरा बाँकी योजना पुरा गर्नको लागि नेकपा एमालेको उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ बिजयी गराउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण बहादुर राइले चाड पर्वको शुभकामना दिदै मंसिर ४ गते पार्टीका उम्मेद्वारलाई विजय बनाउने लक्ष्यमा सम्पूर्ण सदस्यहरुलाई समाहित हुन आग्रह् गरेका थिए ।
सूर्य ध्वजाबहाक उम्मेद्वारलाई विजयी बनाउन सशक्त रुपमा लाग्न अनुरोध गर्दै देश विकास र राष्ट्रिय स्वाधीनताका लागि एमालेको विजय अपरिहार्य रहेको उनको ठहर थियो ।
नेतृत्व गर्ने जिम्मेवारी पाउँदा एमालेले देश विकास र समृद्धिको अगुवाई गरेकाले जनताले अवको नेतृत्वको जिम्मेवारी पनि एमालेलाई दिने बताएका थिए । उनले क्षेत्रमा धेरै काम भएको तर त्यो कामलाइ प्रचार गर्न नसकेको समेत स्वीकारेका थिए ।
राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको सुरुवात एमालेले गरेको तर बिचमै सरकार ढल्दा थुप्रै काम अधुरा रहेका हुँदा अव देशको नेतृत्व गर्ने र विकास हुन्छ भने एमालेले नै गर्छ भन्ने विश्वास जनतामा परिसकेको उनले बताए । उनले आम मतदातालाइ एमालेले गरेको कामको बारेमा बुझाउन आम कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए ।
उनले आम कार्यकर्ताहरुलाई आफु नै उम्मेदवार भएको ठानी पार्टीलाइ जिताउन सबैजना लाग्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्ने वक्ताहरुले क्षेत्रका सबै उम्मेदवारलाई बिजयी गराउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा २०७८ सालको एस ई ई परिक्षामा जी पिए ४ ल्याउन सफल भएकी बिद्या ब्यायाम इंगलिस बोर्डिंग स्कुल गोकर्णेश्वर ९ कि छात्रा प्रकृती श्रेष्ठलाइ बिशेष सम्मान गरिएको थियो ।