नेपाली काग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनाबी कमान्डरमा हरिबोल भण्डारी ,बिभिन्न समितिहरु गठन
कपन अनलाइन
काठमाडौँ, कत्तिक १ । नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत निर्वाचन लक्षित मुल समिति सहित विभिन्न उपसमिति गठन भएका छन् ।
पार्टीको क्षेत्रीय समितिले पार्टीका युवा नेता एवं महाधिवेशन प्रतिनिधि एबम प्रचार प्रसार संयोजक हरिबोल भन्डारीको संयोजकत्वमा २००१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।जसमा क्षेत्रको प्रदेश (क) संयोजक श्रीराम चालिसे,प्रदेस (ख) संयोजक बिष्णुदेवी पुडासैनी रहेकी छन् ।त्यसैगरी समितिको सचीवको जिम्मेवारी पार्टीको क्षेत्रका दुई सह-सचीव अमृत खड्का र सुदिप पण्डितलाई दिइएको छ । मुल समितिले विभिन्न भ्रातृसंगठनको समेत परिचालन समिति गठन गरेको छ ।
जसमा प्रविधि व्यवस्थापन समिति संयोजक विश्वदिप लामिछाने, युवा परिचालन संयोजक सन्जय लामा, आदिवासी जनजाति परिचालन संयोजक साम्देन लामा, बुद्धिजीवी परिचालन संयोजक डा.सुवास प्याकुरेल र क्षेत्र नं ३ महिला परिचालन संयोजकमा महाधिवेशन प्रतिनिधि शान्ती नेपाल त्यसै गरि क्षेत्र नं ३ प्रदेश (१ )मा लिला भट्टराई तथा प्रदेश( २) को संयोजकमा रीता ढकाल रहेकी छन् ।त्यसैगरी विद्यार्थी परिचालनमा संयोजक राजेश अधिकारी र सह-संयोजक असितमान श्रेष्ठ रहेका छन भने संघ संस्था समन्वय र परिचालन संयोजक उत्तम पुडासैनी, दलित संयोजक विक्रम सुनार र गोकर्णेश्वर नगरपालिका संयोजक कुमार लामा रहेका छन ।