डा.राजन भट्टराई प्रति न्हुछे नारायणको स्तरहिन टिप्पणी:कार्यकर्ता भन्छन, “नेताको अभिव्यक्तिले लाज लाग्यो”
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
बागमती प्रदेसका निवर्तमान प्रदेस सभा सदस्य तथा नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का नेता न्हुछे नारायण श्रेष्ठले नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र नं ४ को उम्मेदवार रहेका डा. राजन भट्टराईलाई लक्षित गर्दै स्तर हिन र लजास्पद टिप्पणी गरेपछि चौतर्फी आलोचनाको शिकार भएका छन।
विभिन्न यु ट्युब च्यानलहरुमा आउने “भाइरल म्यान” शैलीमा प्रस्तुत भएका न्युछे नारायण श्रेष्ठले एक यु ट्युब च्यानललाई दिएको अन्तर्वार्तामा प्रस्तुत गरेको शैली र उनले चुनावी मैदानमा रहेका प्रतिस्पर्धी प्रति प्रयोग गरेका शव्दहरुका कारण उनकै पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत शिर निहुराउनु पर्ने अवस्था आएको चर्चा अहिले काठमाण्डौ क्षेत्र नं ४ मा व्यापक बनेको छ।
सो अन्तर्वार्तामा निकै आक्रामक रुपमा प्रस्तुत भएका श्रेष्ठले पटक पटक आफु काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा उम्मेदवार गगन कुमार थापाको फाइल बोक्ने सहायक भएको सगौरव स्वीकार गर्दै नेकपा एमालेका डा. राजन भट्टराई प्रति निक्रिस्ट र एउटा नेताले बोल्ने नसक्ने/नहुने खालका शव्दहरुको प्रयोग समेत गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा जहाँ डोजर चलेको देख्यो त्यहा पुगेर सेल्फी खिची हाल्ने बागमती प्रदेस सभाका निवर्तमान लेखा समिति संयोजक समेत रहेका श्रेष्ठको अभिव्यक्तिको जन स्तरमा मात्र हैन नेपाली कांग्रेस पार्टी भित्र समेत व्यापक आलोचना भएको नेपाली कांग्रेसका एक नगर कमिटी सदस्यले बताएका छन। “क्षेत्रको ठुलो नेता भनेको टोले कार्यकर्ताको भन्दा तल्लो स्तरको अभिव्यक्ति दिँदा हामीलाई नै लाज लागेको छ “, उनले दुख व्यक्त समेत गरेका छन।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको नाममा निर्माण हुने क्रिकेट मैदान आफ्नै वडामा अलपत्र पर्दा समेत चु : समेत गर्न नसकेका श्रेष्ठले निर्वाचनको मुखमा मित्रवत प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार माथि लगाएका आरोप र गरेका टिप्पणीहरुले महामन्त्री गगन थापालाई समेत निकै अफ्ट्यारो पार्ने विश्लेषण समेत गरिएको छ।
काठमाण्डौ क्षेत्र नं ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य गगन थापाले सपनाका रुपमा पटक पटक ब्याख्या गर्ने नगर अस्पताल निर्माणका लागि आफ्नो घर जाने बाटोमा पर्ने अन्त्यन्त अपायक र जोखिमयुक्त स्थानको सल्लाह दिएर जनताको लाखौ रकम पहिरोले खण्डहर बनाएपछि निकै आलोचना खेपेका श्रेष्ठको पछिल्लो प्रस्तुति र अभिव्यक्ति पनि राम्रै विवादमा पर्ने सम्भावना रहेको चर्चा बुढानिलकण्ठका हरेक चोक र गल्लिमा चलिरहेको छ।