कलाकार सुशीला ग्लान तामाङको निधन

कलाकार सुशीला ग्लान तामाङको निधन

कपन अनलाइन 

काठमाडौँ, असोज २९ । कलाकार सुशीला ग्लान  तामाङ निधन भएको छ। उपचारको क्रममा ग्लानको  शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।पारिवारका अनुसार जन्डिसबाट ग्रस्त भएपछि उनलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी थिइन अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत, संगीतको संरक्षण र संवर्द्धनमा निरन्तर लागेकी उनको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार संघ र तामाङ चलचित्र संघ नेपालले शोक वक्तव्य निकालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 उनले अभियन गरेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ जस्ता गीत लोकप्रिय छन्। उनले अभियन गरेको ‘मायाभन्दा ठूलो जात होइन कहाँ पर्‍यो घर? बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा रहेको छ।  ग्लानको  शुक्रबार नै  जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ।

तपाइँको प्रतिक्रिया ।