आमा नभए हुन्न उज्यालो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २९ ।
सृष्टिकी फूर्ति त्यागकी मूर्ति
सुन्दर फूलकी बाग
लहलह लहरा कोलम पहरा
रम्य युगकी अनुराग ।
दूर भविष्य हेर्दै गरेकी
च्यापेर नानी काख
नौलो युगको थालनी गर्ने
स्वच्छ मनोहर बैशाख ।
डाँडा पाखा खेत उनै हुन्
दृश्य मनोरम जुहार
मङ्गल हाक्ने अभियानभित्र
खुसीले पुलकित मुहार ।
आमा नै हुन् नभकी लाली
श्रम मन्दिरकी गजुर
आमा नै हुन् सब हरियाली
रहुन् नजिक वा सुदूर ।
लहलह वनमा चहचह मनमा
फुल्छ उनैको त्याग
चाँदनी बीच होला जालो
हुन्न जहाँ कत्ति दाग ।
भन्दछ स्रस्टा सुन्नु नपरोस्
उनको रुन्चे बोली
आमा नभए धरती हुन्न
हुन्न उज्यालो भोलि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।