काठमाण्डौ क्षेत्र नं ४ का चार प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुले उम्मेद्वारी फिर्ता लिए
कपन अनलाइन
काठमाण्डौ ,असोज २८।
काठमाण्डौ क्षेत्र नं ४ का चार प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुले उम्मेद्वारी फिर्ता लिएका छन।
मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएका चार जना उम्मेदवारहरुले असोज २६ गते निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका अरुण श्रेष्ठ , रविन्द्र थापा ,मनोज कुमार सापकोटा र बिनोद बाबु प्रधानले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले सुचना प्रकासित गरेर जानकारी दिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।