Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/10/310253766_5433631976674128_3011462981367999857_n-1024x577.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइयो

कपन अनलाइन

काठमाडौँ, असोज २७ ।काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको छ । गत साउन २४ गते रातीको अविरल वर्षासँगै बाढी आएर धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिएका छन  ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र बाग्मति सभ्यता एकीकृत बिकास समितिका कृष्ण कुमारलगायत सबै राजनितिक दलका प्रतिनिधिहरुको संयुक्त प्रयास पछि धार परिवर्तन गर्दै बगेको खोला फर्काउन सफल भएको वडाअध्यक्ष थापाको भनाइ छ ।

मनोहरा खोलाले बितण्ड मच्चाएपछी कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जिवन खत्री र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक अपिल जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका थिए । भने खोलाको वहावलाई सामान्य अवस्थामा ल्याइ पुरानै अवस्थामा फर्काउन पहल गर्ने बताएका थिए ।

मनोहरा खोला अहिले २०२१ सालको नक्साअनुसार पुरानै रुपमा बगिरहेको छ । पूर्ण रुपमा काम सम्पन्न नभएपनि अबका दिनमा त्यस क्षेत्रका स्थानीयले बिगतमा जस्तो पिडा भोग्नु नपर्ने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताए । उनकाअनुसार केहि ठाउँमा स्थानीयको अवरोधका कारण काम सम्पन्न हुन ढिला भएको थियो । तर जनप्रतिनिधिलगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयसहित सरोकारवाला निकायको सहयोगमा द्रुत गतिमा काम भइरहेको छ ।

फोटो सौजन्य : हाम्रो संचारडट कम

तपाइँको प्रतिक्रिया ।