नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए
कपन अनलाइन
काठमाडौँ,असोज २५। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नं ३ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य बद्रि बजगाईंले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फ जिल्ला समन्वय समिति सदस्य कपिलमणि उप्रेती र प्रदेश ख मा बागमति प्रदेश सचिवालय सदस्य तथा निर्बाचन क्षेत्र नं ३ का क्षेत्रीय ईन्चार्ज महेश्वर फुयालले उम्मेदवारी दर्ता गराएका छन ।
उनीहरुले आइतबार निर्वाचन अधिकृतको कार्यलय बेशीगाउमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन । बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले मनोनयन दर्ता गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।