साँखुको चलाखु टोलमा आयोजित नि:शुल्क योग बिज्ञान शिविर जारी
कपन अनलाइन
काठमाडौं असोज १३। गरौ योग , रहौ निरोग भन्ने मूल नाराको साथमा पतंजली योग पिठ नेपालको तत्वाधानमा निशुल्क योग बिज्ञान शिविर शंखरापुर नगरपालिकामा जारी रहेको छ ।रोटरी क्लब अफ साँखुको आयोजना तथा शंखरापुर नगरपालिका ,चलाखुटोल सुधार समिति ,सक्व स्काउट क्र्यु, रोट्रयाक्ट क्लब अफ साँखुको सहयोगमा असोज ११ गते देखि शुरु भएको योग शिबिर जारी रहेको छ। असोज १५ गते सम्म साँखुको चलाखु टोलमा बिहान ५ बजे देखि ७ बजे सम्म संचालित सो योग शिविरमा स्थानियको सहभागिता उत्साहजनक रहेको आयोजकले जानकारी गराएको छ ।
नगर प्रमुख रमेश नापित उप प्रमुख समिता श्रेष्ठ प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायत स्थानीयले सहभागित जनाएका छन ।स्वास्थ्यनै ठुलो धन भएको हुँदा योगको माध्यमबाट आम व्यक्तिलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यका साथ शुरु भएको उक्त शिविरले नागरिकहरुमा योग विज्ञानको महत्व र यसले मानव जीवनमा पार्ने प्रत्यक्ष फाइदाका विषयमा सकारात्क सन्देश प्रभाव गर्ने अपेक्षा लिइएको छ ।