बुढानिलकण्ठ मतदाता प्रकरणमा डा. राजन भट्टराईको चेतावनी : “पक्राउ परको कुरा हो छोएर त देखाउ”

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिकाका ७५५ जना मतदाता माथि निर्वाचन आयोगले गरेको ज्यादतीको विरोध गर्दै राज्य सत्ताको दुरुपयोग गरेर दायाँ बाँया गर्न खोजे परिणाम नराम्रो हुने चेतावनी दिएका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै डा. भट्टराईले मतदाताहरुमा त्रास र भ्रम पार्न पक्राउ गर्ने डर देखाएकोमा गम्भीर आपत्ति प्रकट गर्दै “पक्राउ परको कुरा छोएर देखाउ” भन्दै चेतावनी दिएका हुन।

केपी ओली नेतृत्वको सरकारका समयमा र विगत ५ वर्षमा काठमाण्डौ महानगर र बुढानिलकण्ठ नगरपालिकाका स्थानीय सरकारले गरेका कामहरु जनताले देखेको र महसुस गरेको भन्दै उनले काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमाले संग एक्लै लड्ने आँट नहुँदा गठबन्धनको प्रयास भएको बताएका थिए ।

स्थानीय तहको निर्वाचन २०७९ मा काठमाण्डौ क्षेत्र नं ४ का जनताले नेकपा एमालेको पक्षमा देखाएको माया र समर्थनका लागि धन्यवाद दिदै डा. भट्टराईले मतदाता प्रकरणमा हुने कुनै पनि सत्ताको दुरुपयोग टुलुटुलु हेरेर नबस्ने बताउदै कुनै डर र  भ्रम बिना निर्वाचन अभियानमा होमिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए।

क्षेत्रका जनताको मतदानको अवसरलाई बन्चित गर्ने षडयन्त्र  हुनु निकै दुखदायी रहेको भन्दै उनले सबै जनताको मताधिकारको संरक्षण र रक्षामा आफु सदैव क्रियाशील र सचेत रहेकोले कुनै चिन्ता नलिन समेत आस्वासन दिएका थिए।

तपाइँको प्रतिक्रिया ।