अर्थोपेडिक अस्पतालको निरीक्षणमा वडा ६ का अध्यक्ष नवराज लामा

अर्थोपेडिक अस्पतालको निरीक्षणमा  वडा ६ का अध्यक्ष  नवराज लामा

कपन अनलाइन

काठमाडौँ, असोज १० । गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटारमा रहेको नेपाल अर्थोपेडिक अस्पतालको वडा अध्यक्ष नवराज लामाले स्थलगत निरक्षण गरेका छन । उनले उक्त अस्पतालले प्रदान गरिरहेको सेवा सुबिधाको बारेमा जानकारी लिनुको साथै त्यहा उपचाररत बिरामीहरु संग समेत भेटघाट  गरि उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका  छन।

आफ्नो वडामा संचालित देश कै एकमात्र उदाहरणिय सुलभ,सहुलियत,सुविधा सम्पन्न सो अस्पतालको बारेमा जानकारी लिन पुगेका अध्यक्ष लामाले अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज खरेल संग अस्पतालले प्रवाह गरिरहेको सेवा सुबिधाको बारेमा जानकारी लिदै वडाको तर्फ बाट गर्न सकिने कार्यको बारेमा समेत छलफल गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।