डेंगु रोगविरुद्ध जन-चेतना जगाउदै गोकर्णेश्वर -६ स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन अध्यक्ष लामाको अनुरोध
कपन अनलाइन
काठमाडौं, असोज १० । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ६ ले डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गर्दै आएको वडा अध्यक्ष नवराज लामाले कपन अनलाइनलाइ जानकारी गराए । वडा कार्यालय र सर्वेश्वर स्वास्थ्य केन्द्रले संयुक्त रुपमा पहिलो चरणको कार्यक्रम अन्तर्गत जनचेनता मुलक र्याली सम्पन्न गरेको उनले बताए । उनले योजना बनाएरै वडाका बिभिन्न टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान शुरु गरिएको जानकारी दिदै उक्त जनचेतना मुलक र्यालीमा वडा सदस्यहरु स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वमसेविका सहित स्थानीयहरुको उपस्थिति रहेको पनि उनले बताए ।
कार्यक्रममा डेंगु रोगलाइ न्यूनीकरण र रोकथाम गर्ने उपायहरुको बारेमा जानकारी गराइएको बताए । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।
डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सजगता अपनाउन वडा बासी हरुलाई वडा अध्यक्ष नवराज लामाले अनुरोध गरेका थिए । अध्यक्ष लामाले हाल वडामा पनि डेंगु ज्वरोका संक्रमितहरु रहेको जानकारी प्राप्त भएको र उक्त रोग एडीज जातको पोथी लामखुट्टेको टोकाई बाट सर्ने भएको हुँदा संक्रमण बाट बच्न लामखुट्टेको टोकाई बाट बच्न समेत अनुरोध गरेका छन ।डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्न अनुरोध गर्दै डेंगु रोगको रोकथामका लागि वडा बाट पनि सार्वजनिक सुचना मार्फत पनि स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउनको लागि बिभिन्न सुचना जारी गरेको हुँदा सोहि अनुरुप स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन पनि अनुरोध गरेका छन ।