काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेको सक्रियता बढयो ,नेतृ अम्बिका बस्नेत समानुपातिकमा ….
काठमाण्डौ महानगरपालिकाको एक ,कागेश्वरी मनोहरा नगरपालिकाका तिन र गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ का वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा यो समाचार तयार पार्दै गर्दा पनि धेरै नेताहरु आन्तरिक तयारी र नेताहरुको घरदैलोमा रहेका छन।
तिन स्थानीय तहका १३ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा ७ वटा वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन भने ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन।
निर्वाचन आयोगको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले कुल १५७९५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले १४८७४ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले भन्दा बलियो देखिएको नेपाली कांग्रेस ९२१ मतले नेकपा एमाले भन्दा अगाडी रहेको छ।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२,नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल मत १३१४ प्राप्त गरेका छन।
२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ बाट नेकपा एमालेका कृष्ण राई विजयी बनेका थिए भने नेपाली कांग्रेसकी अम्बिका बस्नेत उनको निकटतम प्रतिद्वन्दी रहेकी थिइन् ।