चालक मृत भेटिए
काठमाडौँ, २५ जेठ । काठमाडौँ– नेपालगन्ज ‘रुट’मा सञ्चालन हुँदै आएको ना.५ ख ५०९९ नम्बरको बसका चालक बाँके राधा–७ का ५२ वर्षीय प्रेम गुरुङ मृत भेटिएका छन् ।
काठमाडौँ महानगरपालिका–२९ नयाँबसपार्कमा राखिएको निजले चलाउँदै आएको बसमा आज बिहान उनलाई मृत अवस्थामा भेटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
हृदयाघातबाट चालक गुरुङको मृत्यु भएको अनुमान गरिएको छ । रासस
तपाइँको प्रतिक्रिया ।