डीनद्वारा पिडित विद्यार्थीको माग सम्बोधन ,अनेरास्ववियू काठमाडौले लगाएको ताला खुल्यो

डीनद्वारा पिडित विद्यार्थीको माग सम्बोधन ,अनेरास्ववियू काठमाडौले लगाएको ताला खुल्यो

कपन अनलाइन
काठमाडौं, असोज १।

नेपाली विद्यार्थीहरुको मुल प्रवाह अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थान डीनको कार्यालय महाराजगन्जमा लगाएको तालाबन्दी आज खोलेको छ।

चिकित्सा शास्त्र अध्ययनरत Barrier system मा परेका पिडित विद्यार्थीहरुको माग सम्बोधन गराउन दवाव स्वरुप बुधबार तालाबन्दी गरेको थियो। अनेरास्ववियू काठमाडौ जिल्ला अध्यक्ष एटम बिद्रोहीको नेतृत्व मा डीन कार्यालय पुगेर तालाबन्दी लगाए लगत्तै डीन कार्यालयले वार्ताको लागि बोलाएको थियो।

भाद्र ३१ गते  बिहान ११ बजे देखि झण्डै ४ घण्टा बसेको बार्ताले पिडित विद्यार्थीहरुको समस्य सम्बोधन गर्ने गरि सहमति भए सगै जिल्ला अध्यक्ष एटम र सहायक डीन प्रेमराज ज्ञावलीको हस्ताक्षर सहितको सहमती पत्र सहित तालाबन्दी खोलिएको छ।

सहमति पत्र अनुसार पिडीत विद्यार्थीहरुसग सम्बन्धन प्राप्त क्याम्पसहरुले भर्ना हुदा विभिन्न दरमा लिएको एकमुष्ट रकम प्रमाणको आधारमा डीनको कार्यालयले फिर्ता गर्न पहल गर्ने साथै Barrier system मा पहिलो बर्ष ६ पटक र दोस्रो वर्ष ४ पटक मात्र परिक्षामा सामेल हुन पाउने व्यवस्थालाई पुनरावलोकन गरि पहिलो बर्ष ८ पटक र दोस्रो बर्ष ६ पटक सम्म परिक्षा दिन पाउने व्यवस्थाको निम्ति सरोकारवालाहरुसग छलफल गरि पहल गर्ने सहमती भएको वार्तामा सामेल अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहालले बताए ।

अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीको दबाबमा भएको वार्तामा त्रि.वि. चि. अ. स. बाट डीन प्रा. डा. दिब्यासिंह शाह, सहायक डीन प्रा. डा. प्रेमराज ज्ञावली, प्रशासन प्रमुख बिर्खबहादुर तामाङ साथै विद्यार्थीहरुबाट अनेरास्ववियू काठमाडौ जिल्ला अध्यक्ष एटम बिद्रोही, अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहल, अनेरास्ववियू क्रान्तिकारी , नेबिसंघको समेत उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।