सत्ताको चरम दुरूपयोग गर्दै बुढानिलकण्ठ कार्यपालिका सदस्य कै नाम मतदाता लिस्टबाट काटिएपछि ….
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २०।
बुढानिलकण्ठ नगरपलिकाकी कार्यपालिका सदस्य सहित सयौ मतदाताहरुको नाम मतदाता नामावलीबाट काटेर २४ घन्टे अल्टिमेटम सहित पुर्जी काटिएपछी नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय अनामनगरमा प्रदर्शन गरेको छ।
मतदाता नामावलीमा पूर्ण कागजात विना पनि नाम राखिएको भन्दै गोप्य उजुरी परेको हवाला दिदै निर्वाचन आयोगबाट नै टेलिफोन सम्पर्क गरेर धम्कीको शैलीमा २४ घण्टा भित्र सम्पूर्ण सम्बन्धित कागजात सहित उपस्थिति हुने उर्दी जारी भएपछी नेकपा एमाले बुढानिलकण्ठ निर्वाचन कार्यालयमा पुगेर प्रदर्शन गरेको थियो।
केहि समयदेखि सुनियोजित रुपमा नेकपा एमालेको नाम किर्ते मतदाता प्रकरणमा जोडेर विगत तिन निर्वाचनमा यहाका मतदाता रहेका नेकपा एमालेका सच्चा कार्यकर्ता र शुभचिन्तकहरुको नाम काटेको बताउदै नेकपा एमाले नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले पराजित हुने डरले हतास बनेको नेपाली कांग्रेसले सत्ताको चरम दुरुपयोग गरेको गरेको आरोप लगाएका छन।
२०७९ सालको नगर कार्यपालिकाको निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित मेन्दोक शेर्पा सहित् करिव ७०० जनाको नाम राजनीतिक पूर्वाग्रह राखेर निर्वाचन कार्यालयको मिलेमतोमा काटिएको बताउदै अध्यक्ष डंगोलले सो कुकर्मको ढाकछोप गर्न अनावस्यक प्रचारको सहारा लिएकोमा दुख समेत व्यक्त गरेका छन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा ,विभिन्न वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु सहित निर्वाचन कार्यालय पुगेका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले निर्वाचन कार्यालयले दुरासय राखेर नामावलीबाट नाम हटाएकोले सो सच्चाउन माग समेत गरेका थिए।
जिल्ला निर्वाचन कार्यालयले सो निर्णय नसच्चाएमा कानुनि उपचार खोज्ने तयारी गरिरहेको श्रोतले जानकारी दिएको छ ।