सिर्जना संवादमा डा. अमर गिरी
कपन अनलाइन
काठमाडौँ, भाद्र १९। जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा काठमाडौंको जोरपाटी स्थित रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)मा सिर्जना संवाद कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता एवं महासचिव बालमुकुन्द कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रम रामचन्द्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए । सिर्जना संवादको पहिलो कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक डा. अमर गिरीलार्ई प्रस्तुत गरिएको थियो ।
चार दशक अघिदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय रहेका डा. गिरीका कविताका चार कृतिका साथै संस्कृतिसम्बन्धी पुस्तक प्रकाशित छन् । डा. गिरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष रहिसकेका छन । उनि हाल भाषा आयोगका सदस्यका रुपमा कार्य गरिरहेका छन ।
कार्यक्रममा डा. अमर गिरीले आफ्ना १२ कविता प्रस्तुत गर्नुको साथै आफ्नो लेखनयात्रा एवं कविता सम्बन्धी दृृष्टिकोण प्रस्तुत गरेका थिए । सो कार्यक्रममा सहभागीका तर्फबाट दीपसागर पन्त, रघुनाथ कडरिया, विश्वनाथ प्याकुरेल, उद्दव प्याकुरेल, डम्मरु बल्लभ गडतौला, हेमन्त प्रकाश दाहालले जिज्ञासा राखेका थिए भने सो जिज्ञासामाथि डा. गिरीले आफ्ना दृष्टिकोण राखेका थिए । कार्यक्रममा विश्वनाथ प्याकुरेल एवं गोपाल बरालले शुभकामना मन्तव्य राखेका थिए । सिर्जनात्मक प्रस्तुतिका साथै अन्तर्क्रियामूलक कार्यक्रममा सहभागीले चाखपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रममा करिब पचास जना जतिको सहभागिता रहेको थियो ।