उम्मेदवार सिफारिसको प्रक्रियामा जुट्यो नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसको प्रक्रिया सुरु गर्ने तयारीमा जुटेको छ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भाद्र २२ गते भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिए संगै तयारी सुरु गरेको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्काले जानकारी दिएका छन।

आज क्षेत्रीय पदाधिकारीहरुको बैठकबाट निर्वाचन कार्ययोजना तयार गरेर यसै साता बस्ने क्षेत्रीय कमिटीको बैठकमा छलफल गरिने बताउदै संयोजक खड्काले प्रदेस सभा क्षेत्रहरुमा पनि उम्मेदवार सिफारिस लगायतका प्रक्रिया सुरु हुने कपन अनलाइनलाई जानकारी दिएका छन।

प्रतिनिधि सभा क्षेत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराई उम्मेदवार बन्ने निश्चित प्राय रहेको काठमाण्डौ क्षेत्र नं ४ का दुई प्रदेस सभा क्षेत्रमा भने दर्जनौ आकांक्षीहरु रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।