दुई नगर जोड्ने मुख्य सडक निर्माणका लागि सांसद दीपक निरौलाको पहल ,भाद्र मसान्त भित्र टेन्डर ..

दुई नगर जोड्ने मुख्य सडक निर्माणका लागि सांसद दीपक निरौलाको पहल ,भाद्र मसान्त भित्र टेन्डर ..

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

बुढानिलकण्ठ र टोखा जोड्ने महत्वपूर्ण  च्यासिन्डोल सडक निर्माणका लागि  काठमाण्डौ क्षेत्र नं ५ (२ ) का प्रदेस सभा सदस्य दीपक निरौलाले पहल सुरु गरेका छन।

दुई नगरपालिकाका ११ जना वडा अध्यक्ष सहित बागमती प्रदेश पुर्वाधार बिकाश कार्यालय ललितपुर पुगेका नेकपा एमाले बागमती प्रदेस संसदीय दलका प्रमुख सचेतक निरौलाको टोलीलाई सो कार्यालयका प्रमुख पुष्कर पोखरेलले चाडै नै टेन्डर आव्हान गरेर काम सुरु गर्ने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

सो छलफलमा बागमती प्रदेस सरकारले विनियोजन गरेको २ करोड  र बुढानिलकण्ठ नगरपालिका तर्फको करिव १.५० करोड समपुरक बजेट अन्तर्गत प्रदेस सरकारको बजेटबाट भाद्र महिनाको अन्तिम सम्म टेन्डर आव्हान गर्ने सहमति भएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ र ७ हुदै टोखा नगरपालिका जाने मुख्य सडकको च्यासिन्डोल खण्ड निर्माणका लागि भएको सो छलफलमा बुढानिलकण्ठका वडा नं ३,४,५,६,७,र टोखा नगरपालिकाका वडा नं २,३,४,५,६,७  का अध्यक्षहरु सहभागी रहेका थिए।

आजै बुढानिलकण्ठ  र टोखा नगरपालिकाका प्रमुखहरु संग भेटेर समपुरक बजेटका वारेमा छलफल गर्ने जानकारी दिदै नेकपा एमालेका काठमाण्डौका अध्यक्ष समेत रहेका निरौलाले चाडै नै सो सडक संगै अन्य विकास योजनाहरु  पनि  निर्माण हुने बताएका छन।

तपाइँको प्रतिक्रिया ।