निर्वाचन खपतका लागि “कपन डुवान” सम्बन्धि अर्को प (!) रियोजना ल्याउने तयारी

निर्वाचन खपतका लागि “कपन डुवान” सम्बन्धि अर्को प (!) रियोजना ल्याउने तयारी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

वर्षातको समय सकिदै गए संगै प्रचलित कथामा भएको छेपारो जस्तै कपन डुवानको वारेमा पनि विभिन्न चासो चिन्ता र चर्चा सुरु भएका छन।  दुई दशक भन्दा बढी समय देखि बाढीको बितण्डाले आजित भएको  कपन क्षेत्रमा रहेको लोभलाग्दो निर्णायक मतमा राजनीति गर्न योजना शव्दको अगाडी प थपेर परियोजना बनाई केहि  निकाय संग नाम जोडेर डुवान समस्याको समाधान भन्दै नयाँ योजना ल्याउने चर्चाले कपनको माहोल निकै तताएको छ।

हरेक हिउँद र पानी नपर्ने समयमा कपनको डुवान क्षेत्रमा आएर फोटो सेसन गर्दै करिव १४ वर्ष बिताएका संविधान / प्रतिनिधि सभा सदस्य  र ५ वर्ष बिताएका प्रदेस सभा सदस्यको संयुक्त गठबन्धन सरकारको पहलमा ल्याउन लागिएको भनिएको सो परियोजनालाई आसन्न निर्वाचन केन्द्रित राजनीतिक फन्डाका रुपमा चित्रित गर्न थालिएको छ।

प्रत्येक पटकका निर्वाचन र अन्य राजनीतिक महोलमा आस्वासन र बचन मात्र पाएका स्थानीयहरुले  अहिले नयाँ आएको परियोजनाको कुरा किन पहिले नै सोचिएन ? भन्ने प्रश्न गरेका छन।

यदि यो समस्यालाई परियोजना भन्दै कुनै अन्य निकाय संग जोडेर दिर्घकालिन समाधान गर्न सकिन्थ्यो भने किन वर्षौ हामीलाई पिडामा राखियो ? बुढानिलकण्ठ -१२ टेलिकम नजिक बाढीको बितण्डा खेपेकी एक स्थानीयले आक्रोस पोखिन । अव निर्वाचन आउन ८०/८५ दिन रहेको समयमा भोट तान्ने दुसित मनासायले नयाँ नाटक मन्चन गर्नु उचित नभएको बताउदै उनले मुद्दा र नारा लिएर कोहि डुवान क्षेत्रमा आए प्रतिकारमा उत्रिने चेतावनी समेत दिएकी छन।

स्थानीय तहका प्रतिनिधि लाचारी देखाउने,प्रदेशका प्रतिनिधि पाँचै वर्ष औशीको जुन झैँ हराउने र प्रतिनिधि सभाका प्रतिनिधि खै कता कता कराउने तर निर्वाचन घोषणा भै सकेपछी विभिन्न परियोजना र योजनाको मन्त्र जप्दै कपनको मतले बर्बराउनेहरुलाई यस पटक राम्रो सबक सिकाउने तयारी गरेको भन्दै  कपन नवदुर्गा मन्दिर नजिकका डुवान पिडितहरुले ठोस परिणाम बिना  केवल योजना लिएर जो कोहि आए पनि कडा प्रतिकारको सामना गर्नु पर्ने चेतावनी दिएका छन।

ठुलै महाभारतको युद्ध जिते झैँ केहि संचार माध्यम र राजनीतिक कार्यकर्ताहरुले कपन डुवान समस्या समाधानका लागि धोवीखोला कोरिडोर र कपन डुवान समस्या समाधान परियोजना आउन लागेको भन्दै कुनै व्यक्ति विशेषको भक्तिगान झैँ लाग्ने प्रचार प्रसार सुरु गरेपछि घाम लागे पनि ( अन्य समय वर्षातमा मात्र नेता कार्यकर्ताले सम्झिने गर्दथे )  कपन डुवान समस्या अहिले चर्चामा आएको छ।

कपन डुवान समस्या समाधानका  लागी सुरु भएको बक्स कल्भर्ट निर्माण अलपत्र रहेको अवस्थामा करोडौ रुपैयामा टेन्डर भएको सो योजना द्रुत गतिमा सम्पन्न गर्नु भन्दा अर्को योजना र परियोजनाको खोजि गर्नुमा समस्या समाधानमा  सत्कर्मको पहल भन्दा पनि आसन्न निर्वाचन केन्द्रीत  राजनीतिको गन्ध आएको बताउदै कपन मिलनचोकका एक ब्यापारीले यहाँका सांसद र प्रदेस सांसदलाई अहिलेको जस्तो तदारुकताका लिने जाँगर ५ वर्ष पहिला किन आएन ? भन्दै प्रश्न गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ र प्रदेस क्षेत्र २ को नतिजामा नै प्रभाव पार्न सक्ने मतशंख्या रहेको कपन क्षेत्रको प्रमुख समस्यामा हुने गरेको राजनीतिको अर्को अध्याय भने पहिला भन्दा फरक हुन् सक्ने विश्लेषण गरिएको छ।

व्यवसाय ,शिक्षा ,स्वास्थ्य , न्यूनता मानवीय सुरक्षामा समेत प्रतिकुल आशार पारेको समस्या समाधानका लागि करोडौ खर्च गरेर बक्स कल्भर्टको योजना त्यतिकै छोडेर अर्को प् (!) रियोजनाका वारेमा चर्चा गर्नु स्थानिय झुक्काएर मत तान्ने प्रयास बाहेक केहि नहुने र त्यो ल्याउनेहरुलाई नै प्रत्युपादक बन्ने एक अत्यन्त पिडित स्थानीयले कपन अनलाइनलाई बताएका छन।

सिधै कपन डुवान समस्या समाधानका लागि ठोस योजना सहित पहल गर्नुको साटो धोवीखोला कोरिडोर र कपन डुवान समस्या समाधान परियोजना भन्दै बन्दै गरेको योजनालाई केन्द्रीय सरकारको पोल्टामा हालेर थप अन्यौल र जटिल बनाउने प्रयास स्वीकार्ने अवस्था नरहेको बताउदै ति स्थानीयले यो  “चुनावी फन्डाले ब्याक फायर” कसले कसले खाने हुन् त्यो हेर्न भने मंगसिर ४ नै पर्खिनुपर्ने धारणा राखेका छन।

यदि यहाँका जनप्रतिनिधि ( सबै तहका ) हरुको मनसाय पवित्र हुन्थ्यो भने  एक अबोध बालकले अनाहकमा ज्यान गुमाएको घटना पछी किन तत्काल अहिलेको जस्तो योजना र परियोजनाको कुरा गरिएन ? भन्ने प्रश्न गर्दै एक पिडित विद्यालय संचालकले “जब भयो राति अनि बुढी ताती” भन्ने उखानलाई ” जब आयो चुनाव अनि ताते काठमाण्डौ -४ का नेता” भन्ने उखानमा परिमार्जन गर्नुपने भन्दै व्यंग्य समेत गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।