कुनै समुदाय विशेषलाई ठेस पुर्याउने मेरो उदेस्य हैन : जगत प्रसाद निरौला

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका अध्यक्ष जगत प्रसाद निरौलाले कुनै समुदाय विशेषलाई ठेस पुर्याउने आफ्नो उदेस्य नभएको बताएका छन।

सुक्रवार भएको संचारकर्मी भेटघाटमा आफुले ब्यक्त गरेका विचार र संचार माध्यममा आएका समाचारले काठमाण्डौ क्षेत्र नं ४ (२ ) र बुढानिलकण्ठ नगरपालिकामा रहेको रैथाने समुदाय प्रति व्यक्त गरेको भावना नियोजित र राजनितीक नभएको बताउदै निरौलाले त्यसले पारेको अशर प्रति दुख व्यक्त गरेका छन।

के थियो समाचारमा ?

https://kapanonline.com/archives/140524

२०४९ देखि ०७९ सम्म एकै पात्र तथा एकै प्रवृत्तिले साशन चलाउँदा विकास हैन विनाशमात्र निम्तिएकाले अब पात्र एवम् प्रवृत्ति फेर्न पहल गर्नु पर्ने आफ्नो विचार रहेकोमा त्यसलाई समुदाउ विशेष प्रतिको आक्षेपका रुपमा नबुझिदीन अनुरोध गर्दै उनले आफ्ना लागि सबै बराबर हाे भन्ने हिसाबले नेतृत्व परिवर्तन वा सांसदकाे टिकट तथा अन्य विषयकाे सम्बाेधन हुनुपर्ने बताएका छन।

निराैलाले काँठे पाखे भन्ने विषयमा आफूले खेल्न खाेजेकाे नभै याे विषयकाे अन्त्य हुनुपर्छ भन्ने धारणा आफ्नाे रहेकाे बताउदै याे खाले संक्रिर्ण साेच आफुले कहिले पनि नराख्ने बताएका छन।

नयाँ हुन् कि पुराना ३० वर्षदेखि एकैखाले व्यक्ति र प्रवृत्तिले गर्ने ‘राज’ गर्ने प्रचलनले नेतृत्व विकास र सामाजिक रुपान्तरणको अभ्यासमा पारेको अशरलाई नगरवासी समक्ष उजागर गर्न खोज्दा उत्पन्न भएको असहज परिस्थिति प्रति दुख व्यक्त गर्दै उनले साम्प्रदायिक विषय नभई राजनीतिक विषयको चर्चा गरेको धारणा ब्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।