कपन बहुमुखी क्याम्पसमा नेकपा एमालेलाई पेलेर जाने रणनीतिमा गठबन्धन …

कपन बहुमुखी क्याम्पसमा नेकपा एमालेलाई पेलेर जाने रणनीतिमा गठबन्धन …

कपन अनलाइन

काठमाण्डौ,भाद्र ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन बहुमुखी क्याम्पसको भाद्र १८ गते हुने साधारण सभाको मिति घोषणा भए संगै “क्याम्पसमा राजनीति” सुरु भएको छ।

स्नातक तहमा पठनपाठन गर्ने तिन क्याम्पस मध्ये एक कपन बहुमुखी क्याम्पसको सो साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने हुनाले राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु संचालक समिती कब्जा गर्ने योजना तथा रणनीतिमा निकै सक्रिय बनेका छन।

बुढानिलकण्ठ-१० कपन ह्यान्डबल मैदान  करिव ४ वर्ष अगाडी निर्माण सुरु भएको कपन बहुमुखी क्याम्पसको भवन नगरपालिकामा निकै चर्चित मानिन्छ।

काठमाण्डौ क्षेत्र नं ४ का सांसद ,सांसदका प्रत्यासी ,बागमती प्रदेसका मुख्य मन्त्रि,मन्त्रि,प्रदेस सभा सदस्य,नगर प्रमुख,वडा अध्यक्षहरु देखि सदस्यहरु सम्मको फोटो सेसन गर्ने “फेभरेट स्पट” रहेको सो क्याम्पसको संचालक समिति लामो समयदेखी उपभोक्ता समितिको मोडलमा चलिरहेको छ।

कपन क्षेत्रका राजनीतिक दलहरुको राम्रै क्रिडास्थलका रुपमा रहेको यस कपन क्याम्पसमा सबै राजनीतिक दलका प्रतिनिधिहरु समेटेर बनाइएको समितिको नेतृत्व स्थापना कालदेखि नै कुमार प्रसाद ओझाले गर्दै आएका छन।

यस साधारण सभामा पनि नेकपा एसका नेता ओझालाई नै अध्यक्षमा अगाडी सार्ने लगभग सहमति गरेको गठबन्धनको बैठकले नेकपा एमालेलाई पेलेर जाने रणनीति बनाएको संचालक समितिका एक सदस्यले बताएका छन।

अनुकुल भएमा तोकिएको मितिमै साधारण सभा गर्ने अन्यथा मिति सार्ने तयारी  भैरहेको कपन क्याम्पसको अध्यक्षमा नेकपा एमालेले दावी गरे संगै छलफलमा जुटेको गठबन्धन दलको बैठकले कुनैपनि हालतमा एमालेलाई नेतृत्व दिनु नहुने निस्कर्ष निकालेको ति सदस्यले जानकारी दिएका छन।

३८१ भन्दा बढी आजीवन सदस्य (साधारण सभाका मतदाता ) रहेको कपन बहुमुखी क्याम्पस २०६९ सालमा बालउद्दार नमुना मावीमा बिएड तहको रात्रीकालिन कक्षा संचालन गरेर सुरु भएको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।