काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धनको कसरत सुरु,सुकेधारामा तिन पार्टीको संयुक्त बैठक
कपन अनलाइन
काठमाण्डौ,भाद्र ५।
काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी गठबन्धनको कसरत सुरु भएको छ।
काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ का नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको सुकेधारामा रहेको बागमती विद्यालयमा भाद्र ४ गते भएको बैठकमा संयुक्त निर्वाचन अभियानका वारेमा छलफल भएको थियो।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा ,प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ, जिल्ला समिति काठमाण्डौका सचिव इन्द्र बहादुर थापा , नगर समितीका सभापति राजाराम बुढाथोकी ,प्रदेस क्षेत्र नं २ का सभापति रामप्रसाद लुइँटेल ,सचिव मनोज सिग्देल सहित वडा समितीका सभापतिहरुको उपस्थितिमा भएको सो बैठकमा नेकपा एसका केन्द्रीय सदस्य कुसुम कुमार कार्की ,जिल्ला सचिव तथा क्षेत्रीय अध्यक्ष धुर्वराज न्यौपाने , सचिव पुरुषोत्तम नेपाल ,प्रदेस क्षेत्रका अध्यक्ष तुलसी पनेरु लगायत बैठकमा सहभागी रहेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ र प्रदेस सभा क्षेत्रमा गठबन्धनलाई मजबुद बनाउदै संयुक्त नीति ,कार्यक्रम र अभियान संचालन गर्ने वारेमा छलफल गरिएको सो बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरु अम्बर बिक ,डम्बर अधिकारी र भाइनारायण श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो।