जनसेवाका लागि काठमाण्डौ -४ मा “जय नेपाल सेवा समिति” सुरु गरेका छौ : श्यामकृष्ण संगत

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३ ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति श्यामकृष्ण संगतले जनसेवाका लागि काठमाण्डौ -४ मा “जय नेपाल सेवा समिति” सुरु गरेको जानकारी दिएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा एक महिना विशेष अभियान चलिरहेको बताउदै सभापति संगतले “जय नेपाल सेवा समिति” ले आपतकालीन तथा आवस्यक सेवा प्रदान गर्नका लागि क्षेत्रीय समितिको एउटा महत्वपूर्ण अंगका रुपमा कम गर्ने जानकारी दिएका छन।

“जय नेपाल सेवा समिति” ले शिक्षा ,स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा काम गर्ने सो समिति वडा तह सम्म गठन हुने जानकारी दिदै सभापति संगतले यस समितिमा महिला नेतृत्वलाई प्राथमिकता दिने बताएका छन।

असहाय र अशक्त विरामीहरुको उपचार, विपन्न विद्यार्थीहरुको अध्ययनको व्यवस्था जस्ता सेवाहरुलाई क्षेत्रका १२ वटै वडाहरुमा संचालन गर्नका लागि “जय नेपाल सेवा समिति” ले स्वयंसेवी भूमिका निर्वाह गर्ने जानकारी दिदै आसन्न निर्वाचन केन्द्रीत छलफल पनि सुरु भएको बताएका छन।

मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेपाली कांग्रेसका तर्फबाट शशक्त दावेदार समेत रहेका सभापति संगतले यस अभियानले संगठनलाई सेवा संग जोड्न ठुलो भूमिका खेल्ने बताउदै सबै इकाई समितिहरुलाई आग्रह समेत गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।