बुढानिलकण्ठ प्रमुखको लोकप्रिय अभियान “जहाँ समस्या त्यहाँ मिठाराम”

बुढानिलकण्ठ प्रमुखको लोकप्रिय अभियान “जहाँ समस्या त्यहाँ मिठाराम”

कपन अनलाइन
काठमाडौं, भदौ २।

आज भाद्र २ गते बिहीवार बिहान ७ बजे बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी वडा नं १२ को ढुंगेन चोक (पुरानो नाम परिवर्तन भएर हाल तेन्जिङ्ग चोक ) मा भेटिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको महिला सामुदायिक भवन निर्माणमा जग्गाको समस्या देखिएपछी वडा अध्यक्ष शम्भु भट्टराई ,कार्यपालिका सदस्य शान्ता ढकाल ,वडा सदस्य मिना बयलकोटी ,सदस्य इश्वरी भट्टराई सहित सरोकारवाला पक्षहरु संग छलफलका लागि नगर प्रमुख अधिकारी पुगेका थिए।

आफ्नो निजि सवारी स्कुटीमा सो स्थानमा पुगेका उनले नगरपालिकाका प्राविधिकको सहयोगमा समस्या समाधान गरे पछी स्थानीयहरु संग छलफल र अन्तरक्रिया समेत गरेका थिए।

नगरपालिकामा भएका साना देखि ठुला समस्याहरुको समाधानमा प्रक्रिया र विधि भन्दा पनि आवस्यकता हेरेर प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राखेका अधिकारीले अव नगर सभाले पारित गरेका नीति र कार्यक्रमलाई कार्यान्वयनको काम गर्ने बताउदै आएका छन।

२०४९ सालको स्थानीय निकायको निर्वाचानमा पराजित भएको तिन दिन पछाडीबाट साविक कपन गाविस भवनमा शशरीर उपस्थित भएर जनताको समस्या समाधानमा सक्रिय बनेका  अधिकारी २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष पदमा विजयी बनेका थिए।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगर प्रमुख पदमा निर्वाचित बनेका अधिकारीले तल्लो तहका समस्या देखि नगरपालिकाका सर्वाधिक चासोका विषयहरुमा पनि गम्भीर कदम चालेका छन।

बुढानिलकण्ठ क्षेत्र विकास समिति,सुवर्ण शमशेर क्रिकेट मैदान,कपन ह्यान्डबल मैदान निर्माण जस्ता महत्वपूर्ण विषयहरुलाई वार्षिक नीति तथा कार्यक्रमका प्रमुख प्राथमिकतामा राखेका अधिकारीले सुशासन र सेवालाई पनि उत्तिकै जोड दिने संकेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।