तारकेश्वर नगरपालिकाले करार कर्मचारी निकाल्ने निर्णय विरुद्ध संघर्षमा नेकपा एमाले
कपन अनलाइन
काठमाण्डौ,भाद्र १।
तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने निर्णय विरुद्ध नेकपा एमालेले संघर्ष सुरु घरेको छ ।
नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी कर्मचारी हटाउन पत्रचार गरेपछि एमाले संसदीय दलले बुधबार मेयर कृष्णहरि मर्हजन समक्ष ध्यानाकर्षण गराएको हो।
एमाले संसदीय दलले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ अनुसार कुनै ठोस निणर्य बिना ब्यक्ती बिषेश नभई वडा कार्यालय मार्फत पत्र पठाई प्रचलित ऐनको धज्जी उडाएको बताएको छ ।
तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले केही समयअघि नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र :
तपाइँको प्रतिक्रिया ।