प्रदेस क्षेत्रमा शशक्त दावी गर्ने रणनीतिमा नेपाली कांग्रेसका नेता रामकृष्ण केसी

कपन अनलाइन

काठमाण्डौ,साउन ३१।

नेपाली कांग्रेसका नेता रामकृष्ण केसीले काठमाण्डौ क्षेत्र नं ४ (२) प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारीमा शशक्त दावी गर्ने रणनीतिमा देखिएका छन।

मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धनको चर्चाले नेपाली कांग्रेसका स्थानीय नेताहरु चुपचाप रहेको समयमा महासमिति सदस्य समेत रहेका केसीले संकेतपूर्ण सक्रियता बढाएका छन।

२०४९ र २०५४ शालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविस वडा नं ४ को वडा अध्यक्ष रहेका केसीले काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा र प्रदेस क्षेत्रमा नेपाली कांग्रेसको नेतृत्व हुँदा विकास निर्माण र जनसेवामा सहज हुने भन्दै प्रदेस सभा सदस्य पदको उम्मेद्वारीका लागि आन्तरिक परामर्श र छलफललाई तीव्रता दिएको श्रोतले जानकारी दिएको छ।

२०५६ साल देखि नेपालमा ह्यान्डबल खेलको विकासमा सक्रिय रहदै बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपनमा नगरपालिकाको पहिलो अन्तरास्ट्रिय खेलकुद पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका केसी २०५८ शल देखि २०६३ सम्म नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को  क्षेत्रीय उपसभापति रहेका थिए।

राजनीति ,खेलकुद र समाजसेवामा सक्रिय रहेका केसीले २०४९ शाल देखि २०५८ सम्म साविक कपन गाउँ इकाई समितिको सभापतिमा जिम्मेवारी बहन गरेका थिए भने २०५० शालमा क्षेत्रीय सदस्यका रुपमा सक्रिय रहेका थिए।

दुई दशक भन्दा बढी समयदेखि निरन्तर खेलकुद विकासको क्षेत्रमा क्रियाशील रहेका केसी नेपाल ह्यान्डबल संघका केन्द्रीय कार्यबाहक अध्यक्ष रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।