तारकेश्वर नगरपालिकाका करार कर्मचारीहरुको जागिर धरापमा,कर्मचारी हटाउन पत्राचार

तारकेश्वर नगरपालिकाका करार कर्मचारीहरुको जागिर धरापमा,कर्मचारी हटाउन पत्राचार

कपन अनलाइन

काठमाण्डौ,साउन ३१।

तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी  कर्मचारी हटाउन पत्रचार गरेको छ ।

नगरपालिकाले करार कर्मचारीलाई सम्बन्धित शाखा तथा कार्यालयले हाजिर गराएमा सम्बन्धित व्यक्तिले दाबी गर्ने तलब, पारिश्रमिक तथा अन्य सुविधा हाजिर गराउने व्यक्ति नै जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ ।

साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा.बि.स बाट नियुक्ती भएका स्वास्थ , शिक्षा लगायतका शाखागत कर्मचारीहरुको करार नवीकरण नगर्ने निर्णयसंगै नगरपालिकाका कर्मचारी भित्र नयाँ हलचल सुरु भएको छ ।

तारकेश्वरको यो निर्णयले करार सेवामा कार्यरत १०० भन्दा बढीको रोजगारी गुम्ने देखिन्छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।