नेकपा एसको बैठक नुवाकोटमा : निशाना काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा

नेकपा एसको बैठक नुवाकोटमा : निशाना काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

काठमाण्डौ क्षेत्र नं ४ (२ )  का नेकपा एकीकृत सामाजवादी नेताहरु आसन्न निर्वाचनको तयारीका लागि छलफलमा जुटेका छन।

सरकारले मंगसिर ४ गते प्रदेस सभा निर्वाचनको घोषणा गरे संगै बैठक र छलफललाई तीव्रता दिएको नेकपा एसले केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कुसुम कुमार कार्कीलाई उम्मेदवारका रुपमा गदै सारेको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धनको चर्चा चलिरहेको समयमा नेकपा एसका करिव ६० जना नेताहरु नुवाकोटको होटल वाटर टावरमा निर्वाचन केन्द्रित छलफलका लागि आवासीय बैठकमा सहभागी भएका छन।

साउन २५ गते भएको एक भेलाको आयोजना गर्दै आसन्न निर्वाचन र सम्भावित उम्मेद्वारी वारेमा छलफल सुरु गरेका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहलमा भएको सो आवासीय बैठकमा निर्वाचनको तयारी,भावी रणनीति  र सम्भावित गठबन्धन लगायतका विषयमा छलफल भैरहेको एक सहभागी नेताले जानकारी दिएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि खासै उत्सुक नदेखिएको नेपाली कांग्रेसलाई प्रतिनिधि सभाको निर्वाचनमा कुसुम “कम्फर्टटेवल” हुने चर्चा चलिरहेको बेला भएको सो आवासीय बैठकलाई निकै चासोका साथ हेरिएको छ।

२०४८ सालमा साविक महाँकाल गाविसको उपाध्यक्ष ,२०५४ सालमा अध्यक्ष र २०७४ सालको निर्वाचनमा प्रदेस सभा सदस्यमा निर्वाचित भएका कार्कीको  जनप्रतिनिधिका रुपमा “चौथो इनिंग्स ” विगतका निर्वाचन जस्तो सहज भने नदेखिएको एक बुद्दिजीवी बताउछन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमालेले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ भने  नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरुले ८,६८० मत प्राप्त गरेका छन ।

निर्वाचन आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ भने रास्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले ७५९ मत प्राप्त गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।