काठमाण्डौ क्षेत्र नं ३ ( १ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १३।

आगामी मंगसिर महिनामा प्रदेस सभाको निर्वाचन घोषणा हुने संभावना बढिरहेको समयमा काठमाण्डौ क्षेत्र नं ३ ( १ ) मा  राजनितिक माहोल तातेको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ रहेको काठमाण्डौ क्षेत्र नं ३ (१ ) बाट प्रदेस सभा सदस्यको उम्मेदवार बन्नका लागि राजनीतिक दलका नेताहरु अहिले तीव्र आन्तरिक परामर्श र कसरतमा लागिरहेको अवस्थामा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।

निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रका तिन वटै वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए। तिन वडामा निर्वाचित वडा अध्यक्षहरुले कुल ६३४१ मत प्राप्त गरेका थिए।त्यस्तै सो निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारहरुले कुल ३७२६ मत प्राप्त गरेका थिए। वडा अध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतमा नेपाली कांग्रेस २६१५ मत अन्तरले नेकपा एमाले भन्दा अगाडी रहेको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा नेकपा माओवादी केन्द्रको कुल मत ७७७ रहेको छ भने   नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले कुल ६१९  रहेको छ।

२०७४ सालको प्रदेस सभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको सो निर्वाचन क्षेत्रका तिन वडामा राप्रपाका उम्मेदवारहरुले ६३३ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।