बुढानीलकण्ठ क्षेत्र विकास समितिको १ हप्ते अभियान शुरु
बुनपा जेठ -२० कपन अनलाइन / बुढानीलकण्ठ क्षेत्र विकास समितिले भुकम्पमा क्षति भएको संरचनाहरुको पुर्ननिर्माण तथा भत्कन लागेका संरचनाहरु हटाउने १ हप्ते अभियान शुरु गर्ने भएको छ ।
सो अभियान अन्र्तगत बुढानीलकण्ठ नगरपालिका भित्रका धार्मिक क्षेत्रहरुको लगत उठाई उक्त क्षेत्रहरुको भग्नावशेष हटाउने काम हुने क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले कपन अनलाइनलाई बताए । यो अभियानका लागि हालसम्म ८० जना स्वयंसेवक तयार रहेको र आवश्यकता अनुसार स्वयंसेवक थप गरी यो अभियान अगाडि बढाउने सदस्य सचिव मनोज श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।