एमाले क्षेत्र नम्बर ५ सकृय

बुनपा जेठ -२० कपन अनलाइन -भुकम्पबाट बनेको भग्नावशेष हटाउने र पुर्ननिर्माण कार्यमा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ सकृय रहेको छ ।

A woman stands on the debris of collapsed houses after a fresh 7.3-magnitude earthquake struck Nepal, in Sankhu
बुढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं ३, ८ र ४ मा सकृय एमाले क्षेत्र ५ ले हालसम्म टनकागाउँमा २५, चण्डेश्वरीमा ८, मुहानपोखरीमा ३ घरहरुको भग्नावेश हटाउनुका साथै यहि क्षेत्रमै करिब ११ वटा अस्थायी टहरा निर्माण गरि स्थानीय भुकम्प पिडित जनतालाई हस्तान्तरण गरिएको एमाले क्षेत्र नम्बर ५ की सचिव अनिता लामाले कपनअनलाइनलाई जानकारी दिइन ।
उक्त टोलीमा एमाले जिल्ला सदस्य दिपक निरौला, क्षेत्र नम्बर ५ का युवा संघका अध्यक्ष कुष्ण तामाङ्ग लगायतका एमाले कार्यकर्ता दैनिक ८ घण्टा सकृय रहेको पनि बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।