काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ,साउन १०।
प्रदेस सभा निर्वाचनको मिति घोषणाको सन्निकटमा सरकार रहेको समयमा काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा पनि राजनीतिक जोड घटाउ सुरु भएको छ।
हरेक निर्वाचनमा निकै चर्चामा रहने काठमाण्डौ क्षेत्र नं ४ को प्रदेस सभा क्षेत्रमा स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र सम्भावित दावेदारहरुको लिगलिगे दौड सुरु भैसकेको छ ।
काठमाण्डौ महानगरपालिकाका ४ वटा वडाहरु रहेको प्रदेस सभा क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनको परिणाम पछी आगामी प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनको बहस सुरु भएको छ ।
काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० मा मध्ये ३ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन भने १ वडामा नेकपा एमाले विजयी बनेको छ ।
वडा नं ७,८ र ३० मा वडा अध्यक्ष जितेको नेपाली कांग्रेसका वडा अध्यक्षले कुल ७०८३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारले ५०९२ मत प्राप्त गरेका छन। यस प्रदेस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले विचको मत अन्तर १,९९१ रहेको छ ।
निर्वाचन आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १३०० मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले २६४ मत प्राप्त गरेको छ।