गोकर्णेश्वर ६ मा सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र किमालचौर उद्घाटन
कपन अनलाइन
काठमाडौं साउन ६ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र किमालचौरको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन ।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाँबस्तीमा रहेको उक्त शहरी स्वास्थ्य केन्द्र किमालचौरको उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, वडा नं ६ का निवर्तमान वडा अध्यक्ष रमेश अर्याल,गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा सदस्यहरु बच्चुराम शर्मा कुइकेल,प्रेम खड्का,मन्जु पुडासैनी,बसन्ती नगरकोटी,नगरपालिका प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरे स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय,लेखा शाखा प्रमुख रामजी रायमाझी लगायत स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले गरेका थिए भने कार्यक्रम संचालन वडा सचिब चन्द्रप्रभा उपाध्यायले गरेकी थिइन।
कार्यक्रममा स्वास्थ्य केन्द्रकि प्रमुख रेखा श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइ, ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाँबस्तीमा रहेको उक्त शहरी स्वास्थ्य केन्द्र किमालचौरको उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा, वडा नं ६ का निवर्तमान वडा अध्यक्ष रमेश अर्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।स्वास्थ्य केन्द्र उद्घाटनको अवसरपारेर वडा नं ६ ले निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको छ ।