युवा मन्त्रालयद्वारा थप स्वयम्सेवकको आह्वान
काठमाडौँ, २० जेठ । युवा तथा खेलुकद मन्त्रालयले नवनिर्माणका लागि थप स्वयम्सेवकको आवश्यकता परेको भन्दै स्वय्सेवामा जुट्न युवालाई आह्वान गरेको छ ।
भूकम्पबाट क्षति भएका भौतिक संरचनाको नवनिर्माण तथा भूकम्पपीडितलाई विभिन्न सहयोग गर्न थप युवा स्वयम्सेवक चाहिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सूचना प्रकाशित गरी केन्द्रमा मन्त्रालय मातहतको केन्द्रीय युवा स्वयम्सेवक समन्वय तथा परिचालन संयन्त्र र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय संयन्त्रँंग समन्वय गरेर मात्र जान आग्रह गरेको छ ।
स्वयम्सेवालाई प्रभावकारी बनाउन सरकारले केही दिनअघि मात्रै भूकम्प प्रभावित क्षेत्रमा युवा स्वयम्सेवक परिचालन कार्यविधि, २०७२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेकाले समन्वय गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा अनुसार उक्त कार्यविधिबमोजिम थुप्रै युवा राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत स्वयम्सेवक क्रियाशील रहेका छन ।
‘भूकम्पपीडितका लागि अस्थायी बासस्थान, अस्थायी कक्षाकोठा र अस्थायी स्वास्थ्यचौकी निर्माणमा सहयोग पु¥याउन थप युवा स्वयम्सेवक आवश्यक परेकाले देशभित्र र बाहिर रहेका सम्पूर्ण युवालाई भूकम्प प्रभावित क्षेत्रमा समन्वयात्मक रुपमा खटिन आह्वान गरिन्छ’–मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ ।