गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा फलफूलका बिरुवा वितरण
कपन अनलाइन
काठमाडौँ, असार २९। गोकर्णेश्वर नगरपालिका वडा नं ५ का स्थानीय घर परिवारलाइ फलफूलका बिरुवा वितरण गरिएको छ ।नगरपालिकाको आयोजनामा मंगलबार अर्घत्तेश्वर मन्दिरमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगर प्रमुख दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा सदस्यहरु सहित कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।
वडालाइ हरियाली बनाउने तथा कृषकहरूलाई फलफूल खेतीमा आकर्षित गराउने उदेश्य सहित फलफूलको बिरुवा वितरण गर्दै आएको वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी गराए । ‘एक घर एक फलफूलका बोटबिरुवा रोप्न सक्यौं भने आफैंलाई खान पनि हुने र हरियाली पनि हुने हुँदा सो कार्यलाई वडाले निरन्तरता दिदै आएको बताए। मंगलबार प्रति परिवार ३ वटाका दरले ४ सय वटा फलफूलका बिरुवा वितरण गरिएको पनि उनले जानकारी गराए ।कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक रिसालले हरियाली प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताए उनले फलफूलको बिरुवा रोप्ने भन्दा पनि त्यसलाई हुर्काउने र संरक्षण महत्वपूर्ण रहेको भन्दै दिइएको बिरुवाको उचित रुपमा सदुपयोग गर्न अनुरोध गरेका थिए ।