हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी अरुण नेपालको बयान

हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी  अरुण नेपालको बयान

भूकम्पले सर्बाधिक बिनास मच्चाएको सिन्धुपाल्चोकको बासिन्दा भएको कारण र म मैले आफ्नै आमा समेत यहि भूकम्पमा गुमाएका कारण पछिल्लो समय प्रायः जिल्लातिरै हुन्छु । सोमवार काठमाडौंबाट केही योजना बनाएर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का एमालेका क्षेत्रीय अध्यक्ष प्रेम लामासँगै कारमा चौतारा जादै थिएँ।

Arun-Nepal
अरुण नेपाल, पोलिटव्युरो सदस्य, नेकपा एमाले

हाम्रो कार बलेफी बजारमा पुग्दा त्यस्तै ३ बजेर ४० मिनेट गएको थियो । बलेफी खोलाको पुलको मध्यमागमा हाम्रो कार पुग्दा एक्कासी बिजुलीको तारमा कसैले हानेको आवाज सुनियो । त्यस लगत्तै बजारका मान्छेहरु भागभाग गर्न थाले । पहिरो आएछ र मान्छेहरु भाग्न थाले भनेर हामीले हतार हतार गाडी रोक्यौं । गाडी रोक्दासम्म भोटेकोशी पारि भित्तामा हेलिकोप्टर ढुन्मुनिदै खसेको देखियो । शुरुमा सानो आगोको मुस्लो देखियो ।

एकैछिनमा शीला पर्वतको जंगलमा आगो लाग्यो । भोटेकोशी र खिम्ती आयोजनाको केन्द्रीय प्रसारण लाइनको तारमा हेलिकोप्टर ठोक्किएको रहेछ ।  म तुरुन्तै बलेफी प्रहरी चौकीमा गएर हेरेँ । गृहमन्त्री बामदेव गौतमको फोन लागेन । प्रवक्ता लक्ष्मीप्रसाद ढकालको फोन स्वीच अफ रहेछ ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर जानकारी दिएपछि स्थानीय साथीहरुलाई उद्दारमा लगाएा । त्यतिबेलासम्म हेलिकोप्टरमा सवार सबैको मृत्यु भइसकेको रहेछ । यति तलबाट त्यो हेलिकोप्टर कसरी आयो ? तारमा छुने गरी हेलिकोप्टर उडेको कुरा रहस्यमय छ ।

 

तपाइँको प्रतिक्रिया ।