२०७४ को प्रतिनिधी सभा निर्वाचन : काठमाण्डौ क्षेत्र नं ४ मा २१ उम्मेदवार,कसको कति मत ?
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
आगामी मंगसिर महिनामा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति तय हुने चर्चा संगै चुनावी माहोल तात्न थालेको छ। आम निर्वाचन आउन ५ महिना केहि दिनको समय रहेको अहिलेको अवस्थामा आकांक्षीहरुले आन्तरिक तयारी र दौडधुप सुरु गरिसकेका छन।
नेपालकी रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाको निवास रहेको काठमाण्डौ क्षेत्र नं ४ उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको पनि निर्वाचन क्षेत्र हो।
हरेक आम निर्वाचनमा निकै चर्चामा रहने यस क्षेत्रमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई उम्मेदवार रहेका थिए।सो निर्वाचनमा थापाले २१,५५८ र डा.भट्टराईले १८,१४० मत प्राप्त गरेका थिए। सो निर्वाचनमा ३,४१८ मत अन्तर रहेको थियो।
२०६४,२०७० र २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा २१ जना उम्मेदवार रहेका थिए।
काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा रहेको यस निर्वाचन क्षेत्रमा कुन उम्मेदवारले कति मत ल्याएका थिए ?
१.गगन कुमार थापा -२१,५५८
२.डा. राजन भट्टराई -१८,१४०
३.सुबुना बस्नेत -३,०४०
४.गोवर्धन खड्का -१५४
५.तुलसीराम सिवाकोटी -१३३
६.यम बहादुर प्यांगु -११२
७.केशर बहादुर खड्का -८८
८.हरिशरण आचार्य -६३
९.कृष्णमान श्रेष्ठ -४८
१०.बिर बहादुर श्रेष्ठ-४३
११.सोनाम सिंह तामाङ -३८
१२.चेत बहादुर आले -२८
१३.दिप विक्रम बिस्ट -२०
१४.नवराज थापा : १८
१५.हरी पराजुली -१५
१६.मुस्कान पौडेल -१०
१७.मनोज कुमार दंगाल -९
१८.आशिष श्रेष्ठ – ८
१९.माधव केसी -६
२०.देवी प्रसाद आचार्य -६
२१.रबिन्द्र देव ढकाल -२