सफलता : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १८।
सानो कुराबाट
ठूलो कुरा उपार्जन गर्न सक्नु भनेको
जीवनको ठूलो उपलब्धि अनि
सफलता पनि हो ।
चीज या वस्तु सानै हुन्छ तर
त्यसमा भएको गुणलाई
विवेकपूर्ण तरिकाले बृहत् बनाई
जन मानसमा
उपयोगी सिद्ध गर्नु भनेको अर्को
सफलताको नाम हो ।
एउटा सानो घासीको
मर्म स्पर्शी विवेकलाई
उनले तौलेर
त्यसमाभएका
सारगर्बित वस्तुहरुलाई छर्लङ पारे ।
धनलाई कीर्तिको तराजुमा राख्दाको मुल्यलाई
अनगिन्ती विविध गुणहरुले
सुसम्पन्न कीर्ति नै
सु–सम्पन्न बन्न पुग्यो भने
यो अर्को ठुलो सफलता हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।